images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस...

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    images
    images

    आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ ।

    बिहीबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब १५ करोड रुपैयाँ थियो ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा चालु आवको तीन महिनामा २ अर्ब ३३ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend