images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढ्यो, भित्रियो...

रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढ्यो, भित्रियो १९ खर्ब १६ अर्ब रुपैयाँ

रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढ्यो, भित्रियो १९ खर्ब १६ अर्ब रुपैयाँ

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले यस्तो देखाएको हो ।उक्त तथ्यांक अनुसार चालू आवको साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।२०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एव खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।

    images
    images

    यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।चालू आवको दश महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend