images

२०८३ आश्विन १६ गते

images
images
images

महँगी पाँच प्रतिशत नाघ्यो, फलफूल र घ्यू–तेलको मूल्य बढ्यो

महँगी पाँच प्रतिशत नाघ्यो, फलफूल र घ्यू–तेलको मूल्य बढ्यो

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपालमा उपभोक्ता महँगीको दर बढेर पाँच प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो दर २.७७ प्रतिशत थियो ।
     
    फलफूल, घ्यू तथा तेल, तरकारी र मासुजन्य वस्तुको मूल्य बढ्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत पुगेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।प्रदेशगत रूपमा कोसी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । हिमाली क्षेत्रको मुद्रास्फीति भने तुलनात्मक रूपमा कम रहेको राष्ट्र बैंकले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend