images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउनुपर्ने रकममा ५...

विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउनुपर्ने रकममा ५ प्रतिशतसम्म थप गर्न पाइने

विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउनुपर्ने रकममा ५ प्रतिशतसम्म थप गर्न पाइने

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउन पाउने रकममा ५ प्रतिशतसम्म थप्न पाउने सुविधा दिएको छ । केन्द्रीय बैंकले विनिमय दर घटबढका कारण पठाउनुपर्ने रकम नपुग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पठाउनुपर्ने कुल रकममा बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा विदेशमा अध्ययनरत विद्यार्थीलाई रकम पठाउन सक्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायहरूका लागि जारी गरिएको ‘एकीकृत परिपत्र–२०८२’ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । केन्द्रीय बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरूको विदेशी मुद्रा सटही र डिजिटल कागजातको मान्यता सम्बन्धी व्यवस्थामा पनि सहजीकरण गरेको छ ।

    images
    images

    विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीले भिसा प्राप्ति, नवीकरण वा निर्वाह खर्चका लागि सम्बन्धित मुलुकको दूतावास वा सरकारी निकायले तोकेको रकम सटही गर्न सहज हुने व्यवस्था गरेको हो । कतिपय देशका दूतावासले राष्ट्र बैंकको परिवर्तय विदेशी मुद्राको सूचीमा नरहेका आफ्नै स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने सर्त राख्ने गरेका छन्। यस्तो अवस्थामा आवश्यक कागजातका आधारमा राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।यसरी सटही उपलब्ध गराउँदा विनिमय दरमा हुन सक्ने उतारचढावलाई समेत सम्बोधन गरिएको केन्द्रिय बैंकले जनाएको छ । विनिमय दर घटबढका कारण पठाउनुपर्ने रकम नपुग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै, पठाउनुपर्ने कुल रकममा बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्तय विदेशी मुद्रा पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले हो ।

    राष्ट्र बैंकले कागजी प्रक्रियालाई सरल बनाउँदै डिजिटल हस्ताक्षरलाई पनि मान्यता दिएको छ । राष्ट्र बैंकको एकीकृत परिपत्र बमोजिम पेस गर्नुपर्ने कागजातहरू ‘सक्कल’ नै हुनुपर्ने व्यवस्था भएपनि अब ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३’ बमोजिम डिजिटल हस्ताक्षरबाट प्रमाणित गरिएका कागजातले पनि मान्यता पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
    विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अधिकार प्रयोग गरी राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend