images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितो बिनै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ संशोधन गर्दै राष्ट्र बैंकले अल्पकालीन चालू पूँजी कर्जाका लागि पाँच लाख रुपैयाँ तथा दीर्घकालीन चालू पूँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

    images
    images

    संशोधित व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङबाट आवेदन दिएपछि स्वचालित प्रणालीमार्फत मूल्यांकन भई केही मिनेट मै कर्जा खातामा जम्मा हुनेछ । यसका लागि धितो, शाखा भ्रमण अथवा कागजी प्रक्रिया आवश्यक पर्दैन ।राष्ट्र बैंकले यो व्यवस्थाले डिजिटल कारोबार गर्ने लघु तथा साना व्यवसायीको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend