images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए...

वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)

वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा हस्तान्तरण गरिने बजेटको अन्तिम बाँडफाँट सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार सातवटा प्रदेशले विभिन्न चार शीर्षकका अनुदानमार्फत कूल १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।

    images
    images

    यस वर्षको वित्तीय हस्तान्तरणमा मधेश प्रदेशले सबैभन्दा ठूलो हिस्सा हात पारेको छ। सरकारले मधेश प्रदेशका लागि कूल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको छ। कोशी प्रदेशको भागमा १६ अर्ब ४७ करोड १० लाख रुपैयाँ परेको छ।त्यस्तै, सुदूरपश्चिम प्रदेशले १६ अर्ब १ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट पाउने भएको छ भने बागमती प्रदेशका लागि १५ अर्ब २१ करोड ४८ लाख रुपैयाँ सुनिश्चित गरिएको छ। लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि १४ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ वित्तीय हस्तान्तरण प्राप्त गर्नेछ।

    भौगोलिक रूपमा विकट मानिएको कर्णाली प्रदेशले १७ अर्ब २० करोड ८२ लाख रुपैयाँ बजेट पाउँदा सात प्रदेशमध्ये गण्डकी प्रदेशको भागमा सबैभन्दा कम बजेट परेको छ। गण्डकी प्रदेशका लागि सरकारले १२ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ।

    images
    images

    713103156_3153805118163987_5596923827061948645_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend