images

२०८३ आश्विन १६ गते

images
images
images

लक्ष्यभन्दा कति पछाडि राजस्व? तीन आर्थिक वर्षको तथ्यांक यस्तो छ...

लक्ष्यभन्दा कति पछाडि राजस्व? तीन आर्थिक वर्षको तथ्यांक यस्तो छ...

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ । महालेखा परीक्षक कार्यालयको अनुसार सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११ खर्ब ९६ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तथ्यांक अनुसार, गत वर्षका लागि निर्धारण गरिएको वार्षिक लक्ष्यको तुलनामा ८४.२८ प्रतिशत मात्रै राजस्व असुली भएको हो । सरकारले गत आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेको थियो । लक्ष्य पूरा हुन नसके पनि आर्थिक वर्ष  २०८०/८१ को तुलनामा समग्र राजस्व सङ्कलनमा भने १०.४८ प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ । प्रमुख कर राजस्वतर्फ मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको असुली स्थिति तुलनात्मक रुपमा सन्तोषजनक रहे पनि भन्सार महशुल र आयकर भने लक्ष्यभन्दा निकै पछाडि परेका छन् । 

    images
    images

    मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ८८.४६ प्रतिशत अर्थात् ३ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ असुली भएको छ । त्यस्तै, अन्तःशुल्कतर्फ १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ८९.८५ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ । यसैगरी, आयकरतर्फ ३ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ७६.३५ प्रतिशत अर्थात् ३ खर्ब १ अर्ब ८७ करोड रुपैयाँ मात्रै उठ्न सकेको छ ।भन्सार महशुलतर्फ भने सबैभन्दा कमजोर प्रगति देखिएको छ । जहाँ ३ खर्ब ७ अर्ब ३६ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ७५.१२ प्रतिशत मात्रै उपलब्धि हासिल हुँदै २ खर्ब ३० अर्ब ९१ करोड रुपैयाँ असुली भएको छ । समग्रमा, अघिल्ला वर्षहरुको तुलनामा राजस्वको ग्राफ माथि उक्लिएको देखिए तापनि भन्सार र आयकरको न्यून असुलीका कारण सरकारको वार्षिक लक्ष्य प्रभावित भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend