images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क...

सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उनको भनाइ छ ।

    images
    images

    “समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ । त्यसैले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ”, डा देवले भने ।शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो । अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् ।यहाँ संखुवासभाका १० स्थानीय तहका मात्रै नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend