images

२०८३ आश्विन १६ गते

images
images
images

आइएमएफले नेपाललाई थप साढे ६ अर्ब ऋण दिने

आइएमएफले नेपाललाई थप साढे ६ अर्ब ऋण दिने

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)बाट विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ)अन्तर्गत थप साढे ६ अर्ब कर्जा पाउने भएको छ । आइएमएफको कार्यकारी बोर्डले इसिएफअन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ताबापतको कर्जासमेत पाउने भएको हो ।कार्यक्रमअन्तर्गत तय गरिएको तथा आइएमएफको सर्तअनुसार नेपालले सुधारका कार्यक्रम अघि बढाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो । यसअन्तर्गत नेपालले एसडिआर ३१.३२ मिलियन (करिब ४२.९ मिलियन अमेरिकी डलर)बराबरको कर्जा पाउने भएको हो । यो भनेको शुक्रबारको विनिमयदरअनुसार ६ अर्ब ५० करोड ४४ लाख रुपैययाँबराबर हुन आउँछ ।

    images
    images

    यससँगै बजेटरी सहयताअन्तर्गत नेपालले आइएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडिआर २८२.४२ मिलियन (करिब ३८४.१ मिलियन अमेरिकी डलर) पुगेको छ । यो भनेको शुक्रबारको विदेशी विनिमयदरअनुसार ५८ अर्ब २३ करोड ७२ लाख रुपैयाँबराबर हुन आउँछ ।आइएमएफको कार्यकारी बोर्डले १२ जनवरी २०२२ मा नेपालका लागि इसिएफ कार्यक्रम स्वीकृत गरेको थियो । जसअन्तर्गत नेपालले कोटाको १८० प्रतिशत अर्थात् २८२.४२ मिलियन एसडिआर पाउने व्यवस्था गरिएको थियो । सातौँ तथा अन्तिम किस्ताका लागि समय अपुग हुने देखिएपछि गत मंसिरमा इसिएफको म्याद ११ मे सम्मका लागि थप गरिएको थियो । नेपालले उक्त कार्यक्रमअनुसार सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको आइएमएफले जनाएको छ । यसले आर्थिक पुनरुत्थानलाई सहयोग पुर्‍याउनुका साथै आर्थिक स्थिरता कायम राख्न, सुरक्षात्मक क्षमता निर्माण गर्न तथा कमजोर वर्गको संरक्षण गर्न मद्दत गरेको आइएमएफले उल्लेख गरेको छ । थप कर्जामा पहुँच पाएसँगै नेपाललाई सार्वजनिक वित्त व्यवस्थापनमा केही सहज हुने भएको हो ।

    यस कार्यक्रमअन्तर्गत तोकिएका सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको पनि आइएमएफले जनाएको छ । ‘कार्यक्रमअन्तर्गत लागू गरिएका संरचनात्मक सुधार भएका छन्, नीति–निर्माण प्रक्रियामा सुधार आएको छ, मौद्रिक सञ्चालनको आधुनिकीकरण, वित्तीय क्षेत्रको नियमन तथा अनुगमनमा सुधार भएको छ, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न भएको छ,’ आइएमएफले भनेको छ ।त्यसैगरी, सम्पत्ति शुद्धीकरणसम्बन्धी ढाँचामा सुधार, कानुन संशोधन, नेपाल राष्ट्र बैंकले बाह्य लेखा परीक्षणलाई थप प्रभावकारी बनाएको तथा सार्वजनिक संस्थानहरूको जवाफदेहितामा सुधारमार्फत सुशासन र उत्तरदायित्व पनि मजबुत बनाइएको आइएमएफले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend