images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा...

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

images
images
शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • काठमाडौँ, २३ जेठ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images

    ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ती जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ । 

    चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको माङ्सपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिएको छ । 

    images
    images

    चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उहाँलाई अझै केही दिन आइसियुमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend