images

२०८३ आश्विन १७ गते

images
images
images

विश्व वातावरण दिवसमा बिरुवा रोपिए

विश्व वातावरण दिवसमा बिरुवा रोपिए

images
images
शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ । 

    images
    images

    काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको हो । लखतीर्थमा आयोजित कार्यक्रममा महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डङ्गोलसहित स्थानीय सङ्घसंस्था तथा समुदायका अगुवाले बिरुवा रोप्नुभएको हो । 

    लखतीर्थसँगै कङ्केश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक सङ्घ, ग्लोबल्ली कन्सर्न फर क्लाइमेट चेञ्जलगायत सामाजिक तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । श्रेष्ठका अनुसार यस वर्ष कामपाभित्र करिब पाँच हजार बिरुवा रोपिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend