काठमाडौँ । महिनावारीको समयमा धेरै महिलाहरूलाई पेट र कम्मर दुख्ने समस्या हुन्छ। केही महिलाका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति गम्भीर बनिदिन्छ कि दैनिक कामकाज गर्न पनि मुस्किल पर्छ।यस्तो अवस्थामा धेरै महिलाहरू दुखाइबाट राहत पाउनका लागि दुखाइ कम गर्ने औषधि लिने गर्छन्। तर यी औषधिहरूका बारेमा समाजमा विभिन्न खालका कुराहरू सुन्न पाइन्छ।धेरैको बुझाइमा महिनावारीका बेला पेन किलर खानु हुँदैन वा यसले बाँझोपन गराउँछ भन्ने छ। त्यसैले आज यस विषयमा विशेषज्ञको धारणा र महिनावारीमा पेन किलर लिनु वास्तवमै सुरक्षित छ कि छैन भन्ने बारेमा जानौँ।
महिनावारीमा किन हुन्छ दुखाइ?
डाक्टरका अनुसार महिनावारीका बेला हुने दुखाइ पाठेघर खुम्चिने प्रक्रियाका कारण हुने गर्छ। वास्तवमा हरेक महिना गर्भधारणको तयारीका लागि पाठेघरको भित्री भागमा एउटा पत्र बन्ने गर्छ।जब गर्भ बस्दैन, तब पाठेघरले यो पत्रलाई बाहिर निकाल्नका लागि आफूलाई खुम्च्याउने गर्छ। यसरी खुम्चिने प्रक्रियालाई सक्रिय पार्नका लागि शरीरले ‘प्रोस्टाग्ल्यान्डिन्स’ नामक रसायनहरू उत्पादन गर्छ।महिनावारी सुरु हुनु ठीक अगाडि शरीरमा प्रोस्टाग्ल्यान्डिन्सको स्तर बढ्छ। जुन महिलाको शरीरमा यो रसायनको स्तर जति धेरै हुन्छ, उनलाई त्यति नै तीव्र दुखाइ महसुस हुन्छ।




.gif)





