images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • टिचिङ अस्पतालको ओपीडी सेवा डिजिटल बनाउन...

टिचिङ अस्पतालको ओपीडी सेवा डिजिटल बनाउन कामपाद्धारा १ करोड ७० लाखको उपकरण सहयोग

टिचिङ अस्पतालको ओपीडी सेवा डिजिटल बनाउन कामपाद्धारा १ करोड ७० लाखको उपकरण सहयोग

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित टिचिङ अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप व्यवस्थित र बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण उपलब्ध गराएको छ।विहीबार आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरिन्।महानगरका अनुसार उपलब्ध गराइएका १६ वटा इन्टर्याक्टिभ किओस्क मेसिनमार्फत बिरामीले शुल्क भुक्तानी गर्न, परीक्षण रिपोर्ट आफैं प्रिन्ट गर्न तथा घरबाटै उपचार शुल्क तिर्न सक्नेछन्। त्यस्तै ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर जडान गरिएका छन्, जसबाट बिरामीका रिपोर्ट तथा उपचारसँग सम्बन्धित विवरण एकीकृत रूपमा हेर्न सकिनेछ। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सर्भर र र्‍यामको क्षमता पनि बढाइएको छ।

    images
    images

    कार्यक्रममा डङ्गोलले सरकारी अस्पतालमा उपचार र भुक्तानीका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्थालाई अन्त्य गर्दै नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताइन्। उनले महानगरले अस्पतालसँगको सहकार्यलाई विशेष महत्व दिएको उल्लेख गरिन्।महानगरको भूमिकाबारे चर्चा गर्दै उनले सफाइ व्यवस्थापनका लागि स्थापना भएको संस्था अहिले पूर्वाधार, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकासलगायत क्षेत्रमा सक्रिय रहेको बताइन्। अस्पतालसँगको सहकार्यमा ‘टेली सर्भिस’ सञ्चालनको सम्भावना पनि रहेको उनको भनाइ थियो।अस्पतालका प्रमुख आचार्यले प्राप्त उपकरण र प्रविधिको प्रयोगबाट सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन सकिने बताए। पहिलो चरणको सहयोगबाटै नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्न सक्ने उल्लेख गर्दै उनले दोस्रो चरणको सहयोगको अपेक्षा रहेको बताए। त्यसपछि क्यान्सर उपचारका अधिकांश सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन सकिने उनको भनाइ थियो।

    महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवामा अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको जानकारी दिए। उनले अस्पतालको सेवा व्यवस्थापन सुधारमा महानगरको योगदान रहने बताए।महानगरले यसअघि कोभिड–१९ नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको ‘बेड क्यु सिस्टम’ व्यवस्थापनका लागि समेत सहयोग गरिसकेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend