images

२०८३ आश्विन १७ गते

images
images
images

वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • मुस्ताङ,२१ जेठ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरिएको थियो ।

    images
    images

    स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । यी दुबै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको थियो । 

    जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयवासी र निर्माण व्यवसायीको उपस्थितिमा गुम्बाका प्रमुख लामा ठकुरीले बौद्ध धर्म परम्पराअनुसार धार्मिक विधिपूर्वक भूमि पूजा गरी वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको थियो ।

    images
    images

    वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शिलान्यास गरिएको वडा कार्यालय भवन गाउँ पालिकाको आन्तरिक स्रोतमा निर्माण गर्न लागिएको हो भने स्वास्थ्य चौकी भवन प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार साढे दुई तलाको वडा कार्यालय भवन रु एक करोड ५१ हजार र दुई तले स्वास्थ्य चौकी भवनको ठेक्का सम्झौता रु एक करोड ५१ लाख रहेको छ ।

    वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुवै निर्माणको ठेक्का खिङ्गा कन्स्ट्रक्सन मुस्ताङले पाएको छ ।  ठेक्का प्रक्रिया र सम्झौता केही ढिला भएकाले बहुवर्षीय योजनाको रुपमा लगेर आगामी आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष गुरुङले बताएका छन्।  वारागुङ—१ मा वडा कार्यालय र स्वास्थ्य चौकीको  सुविधाजनक भवन पूर्वाधार नहुँदा सेवाग्राही र सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष गुरुङले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend