images

२०८३ आश्विन १७ गते

images
images
images

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आज (शुक्रबार) केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images

    आन्दोलनको कार्यक्रमका स्वरूपबारे भोलि (शनिबार) सार्वजनिक गरिने उनले बताएका छन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताएका छन् ।

    पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरा पछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।  यता विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend