images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना...

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • टक्सार (भोजपुर), २० जेठ । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना गराएर छाडेको छ । 

    images
    images

    भोजपुर नगरपालिका–९, पानीट्याङ्कीबाट अवैध जडीबुटी सहित आइतबार पक्राउ परेका उनीहरुलाई मङ्गलबार जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन्। पक्राउ पर्नेमा सिमरा नगरपालिका–१८ का २१ वर्षीय सन्तोषकुमार नट, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ का २० वर्षीय रबिकिसन नट, सोही ठाउँका २२ वर्षीय सुरेन्द्र नट, ३३ वर्षीय अजयकुमार नट र सिरहा कर्जना नगरपालिका–५ का ३० वर्षीय जितेन्द्रकुमार राठोर रहेको प्रहरी प्रमुख लामाले बताएका छन्। 

    स्थानीयवासीलाई अवैध जडीबुटीहरु बेच्दै गरेको अवस्थामा संलग्नहरुलाई पक्राउ गरी कानुनी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएकामा सोही ऐनको दफा ३९ को उपदफा (१्) को खण्ड (ख) बमोजिम एकमुष्ट रु दुई लाख जरिवाना हुने गरी कारबाही गरिएको छ । पक्राउ परेकाहरुले तोकिएको जरिवाना रकम जम्मा गरेकाले आज छोडिएको प्रहरी प्रमुख लामाले बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend