सुर्खेत । कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगरका अन्य स्वास्थ्य संस्थामा आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन् ।वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगतका लागि आर्थिक सहयोग गर्ने भएको हो ।त्यसका लागि मंगलबार वीरेन्द्रनगर नगरपालिका र जिल्ला रेडक्रसको सुर्खेत शाखाबिच सम्झौता भएको छ ।
वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालका अनुसार, नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा नै यो विषयलाई समेटेको थियो ।सोही अनुसार, सम्झौता भएको उनले बताइन् ।यसलाई आगामी वर्षमा पनि निरन्तर अघि बढाउने सम्झौतामा उल्लेख गरिएको छ ।जिल्ला रेडक्रस शाखा सुर्खेतबाट संचालित ब्लड बैंकबाट उक्त सेवा प्राप्त हुनेछ ।ढकालले यो कार्यले स्वास्थ सेवामा ठूलो सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् ।प्रदेश अस्पतालका प्रमुख डाक्टर गणेश थापाले नगरपालिकाको यो कदमले बिरामीलाई थप सहयोग हुने बताए ।




.gif)



