images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • उम्रिएको आलु खानु स्वास्थ्यको लागि हुन्छ...

उम्रिएको आलु खानु स्वास्थ्यको लागि हुन्छ खतरनाक ?

उम्रिएको आलु खानु स्वास्थ्यको लागि हुन्छ खतरनाक ?

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ । लगभग हरेक घरमा दैनिक रूपमा आलुको प्रयोग हुन्छ । जब घरमा अरू तरकारी हुँदैन, तब आलुको तरकारी, भुजिया वा भरता बनाएर सजिलै खाइन्छ । आलु बिना त भान्सामा काम नै हुन्न । यसलाई अनेकौँ तरकारीमा पनि प्रयोग गरिन्छ । धेरैले आलुलाई तरकारीको राजा पनि भन्छन् । आलुको प्रयोग नेपालीको भात भान्सामा यति धेरै हुन्छ कि हामी किलोका किलो आलु किनेर राख्छौँ । तर लामो समयसम्म राखेर आलु प्रयोग गर्दा यसमा टुसा आउन छाल्छ । यस्तो आलु देख्दा तपाईंको मनमा ‘टुसा पलाएको आलु खानु स्वास्थ्यका लागि सुरक्षित हो कि होइन ?’ होला भन्ने प्रश्न त पक्कै उठ्छ होला ।

    images
    images

    के हो अङ्कुरित आलु ?

    जब हामीले लामो समयसम्म प्रयोग नगरीकन आलु राख्छौँ त्यसमा साना अङ्कुरहरू निस्किन थाल्छन् । समयसँगै ती अङ्कुरहरू ठुलो हुँदै जान्छन् ।  यस्तो अवस्थालाई अङ्कुरित आलु भनिन्छ । यो समस्या प्रायः आलुलाई तातो ठाउँमा, भान्सामा ग्यास चुल्हो नजिक वा लामो समयसम्म भण्डारण गर्दा देखिन्छ ।

    images
    images

    अङ्कुर आएपछि आलुमा के परिवर्तन हुन्छ ?

    जब आलुमा अङ्कुर आउन थाल्छ, तब यसमा प्राकृतिक रूपमा सोलनाइन र चाकोनाइन नामक विषालु तत्त्वहरू बढ्न थाल्छन् । यी तत्त्वहरूले बोटलाई कीरा र फङ्गसबाट बचाउँछन् । तर यिनीहरू  मानिसका लागि हानिकारक हुन सक्छन् ।

    उम्रिएको आलु खानुका हानी

    उम्रिएको आलु खानुका कुनै पनि फाइदा छैन । उम्रिएको वा हरियो आलु सकेसम्म नखान विज्ञहरू भन्छन् । तर यस्ता आलु खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यसले फूड पोइजनिङको खतरा बढ्न सक्छ । पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने समस्या हुन सक्छ । टाउको दुख्ने र कमजोरी महसुस हुन सक्छ । धेरै मात्रा खाँदा स्नायु प्रणालीमा असर पर्न सक्छ । चक्कर लाग्ने, भ्रम हुने र अत्यधिक कमजोरी हुन सक्छ । बालबालिका र वृद्धहरूका लागि यो अझ बढी जोखिमपूर्ण हुन्छ । आलु हरियो भएको छ भने त्यसमा सोलनाइनको मात्रा बढी हुन्छ । यस्तो आलु त झन् खानै हुँदैन ।

    कस्तो अवस्थामा खानु हुन्न उम्रिएको आलु ?

    • धेरै ठुलो अङ्कुर निस्किएको भए
    • आलु नरम वा सुकिएको भए
    • आलु हरियो देखिएमा
    • दुर्गन्ध आएको भए

    खान मिल्छ हल्का टुसा आएको आलु ?

    यदि अङ्कुर सानो छ र आलु हरियो भएको छैन भने अंकुरिएको भाग काटेर राम्ररी पकाएर खान सकिन्छ । तर धेरै अंकुरिएको वा हरियो आलु भने पूर्ण रूपमा नखानु नै सुरक्षित हुन्छ ।

    कसरी बचाउने आलुलाई अङ्कुरित हुनबाट ?

    • आलु चिसो र सुख्खा ठाउँमा राख्ने
    • घामबाट टाढा राख्ने
    • फ्रिजमा राख्न नहुने
    • आलु र प्याज सँगै भण्डारण नगर्ने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend