images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • युद्धविराम गर्ने सम्झौतामा पुगे अमेरिका–इरान, ट्रम्पको...

युद्धविराम गर्ने सम्झौतामा पुगे अमेरिका–इरान, ट्रम्पको स्वीकृति बाँकी

युद्धविराम गर्ने सम्झौतामा पुगे अमेरिका–इरान, ट्रम्पको स्वीकृति बाँकी

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काइरो । अमेरिका र इरानले बिहीबार युद्धविरामलाई विस्तार गर्ने र हर्मुज जलडमरूमध्यमार्फत हुने ढुवानीमाथिका प्रतिबन्ध हटाउने सम्झौता गरेको स्रोतहरूले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ।तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै यसलाई स्वीकृति दिएका छैनन् । इरानी सरकारी सञ्चारमाध्यमले पनि सम्झौता अन्तिम रूपमा टुङ्गो नलागेको जनाएको छ ।सम्झौता सम्बन्धी जानकार चार स्रोतहरूका अनुसार प्रस्तावित व्यवस्था अनुसार युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गरिनेछ र स्ट्रेट अफ हर्मुजमार्फत यातायातलाई अवरोधबिना सञ्चालन गर्न दिइनेछ, साथै वार्ताकारहरूले इरानको आणविक कार्यक्रमजस्ता कठिन मुद्दामा काम गर्नेछन् । 

    images
    images

    वासिङ्टन र तेहरानको नेतृत्वबाट स्वीकृत भएमा यो सम्झौता सन २०२६ फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वपछि शान्तितर्फको सबैभन्दा ठुलो कदम हुनेछ । दुई देशबिच भएको पछिल्लो प्रतिशोधात्मक आक्रमणपछि सम्भावित सम्झौताको खबर आएको हो । यस अघि अप्रिलमा अमेरिकाले एक तर्फी रूपमा युद्धविरामको घोषणा गरेको थियो ।ट्रम्पले अझै सम्झौता अनुमोदन गरेका छैनन् । इरानले पनि यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । यस अघि एक्सियोसले युद्धविराम थप गर्नेबारे अमेरिका र इरान सहमतिमा पुगेको समाचार छापेको थियो । इरानको तस्नीम समाचार एजेन्सीले वार्ता टोलीसँग नजिक स्रोतलाई उद्धृत गर्दै सम्झौताको विवरण अझै अन्तिम रूप नपाएको र पुष्टि नभएको जनाएको छ ।

    ‘हामी अझै त्यहाँ पुगेका छैनौँ, तर धेरै नजिक छौँ र हामी निरन्तर काम गरिरहेका छौँ,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै भने । ‘सम्झौता हुन्छ भनेर म ग्यारेन्टी दिन सक्दिन, तर अहिले अवस्था सकारात्मक देखिन्छ,’ उनले थपे । ट्रम्प प्रशासनले यसअघि पनि युद्ध अन्त्य नजिक पुगेको दाबी गर्दै आएको थियो, तर इरानले ती दाबीहरूलाई अस्वीकार वा न्यून आकलन गरेको थियो ।सम्झौताअनुसार स्ट्रेट अफ हर्मुजमार्फत ढुवानी पूर्ण रूपमा खुला गरिनेछ । साथै अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ र इरानी तेल बिक्रीमा लगाइएका केही प्रतिबन्धहरू पनि खुकुलो बनाइनेछ ।यो खबरपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । स्ट्रेट अफ हर्मुज विश्वको झन्डै २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास ढुवानी हुने जलमार्ग हो । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि इरानले यहाँबाट तेलको ढुवानीमा अवरोध गरेको थियो । यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य आकासिएको छ ।

    images
    images

    यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले पाँच वटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा छिट्टै प्रक्षेपण हुन लागेको छैठाैँ ड्रोनको नियन्त्रण केन्द्रमा प्रहार गरिएको जनाएको थियो । त्यसपछि कुवेतले आफ्नो तर्फ प्रक्षेपित ब्यालिस्टिक मिसाइल रोकिएको बतायो । बन्दर अब्बास बन्दरगाहमा आक्रमणको प्रतिकारमा इरानले कुवेतमा रहेको ठुलो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको खबर पनि आएको थियो । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बन्दर अब्बास आक्रमणका लागि जिम्मेवार अमेरिकी आधारलाई लक्षित गरिएको र पुनः यस्तै भए अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको तस्नीम समाचार एजेन्सीले जनाएको थियो। अधिकारीहरूले यी आक्रमणहरूलाई रक्षात्मक कदम भएको र युद्धविराम कायम राख्ने उद्देश्यले गरिएको बताए । सीमित स्तरका भए पनि यी घटनाहरूले युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास कति कमजोर छ भन्ने देखिएको छ । इरानमा जारी द्वन्द्वले हजारौँको ज्यान लिइसकेको छ र विश्व ऊर्जा बजारमा ठुलो असर पारेको छ।

    ट्रम्पले मार्चदेखि नै युद्ध अन्त्य नजिक पुगेको बताउँदै आएका छन् । तर दुवै पक्षबिच अझै सार्वजनिक रूपमा ठोस सहमति बनेको छैन। इरानले प्रतिबन्ध हटाउनुपर्ने, विदेशी सम्पत्ति फुकुवा हुनुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग गर्दै आएको छ।इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने अमेरिकी अडान छ । आफूले आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि चलाइरहेको दाबी इरानको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend