images

२०८३ आश्विन १७ गते

images
images
images

उच्च रक्तचाप नियन्त्रण कसरी गर्ने ?

उच्च रक्तचाप नियन्त्रण कसरी गर्ने ?

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • उच्च रक्तचाप (हाइपर टेन्सन) विश्वव्यापी रूपमा एक गम्भीर जनस्वास्थ्य समस्याको रूपमा स्थापित भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वभर करिब १ दशमलव ४ अर्ब मानिसहरू उच्च रक्तचापबाट प्रभावित छन्। र, यो संख्या निरन्तर बढ्दो छ। प्रभावित व्यक्तिहरूमध्ये पनि ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनविज्ञ रहेका छन्। विभिन्न उपायद्वारा उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै पनि करिब चार जनामध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहनु चिन्ताको विषय रहेको छ।

    images
    images

    दक्षिण एसियाली क्षेत्रमा उच्च रक्तचाप गम्भीर समस्याको रूपमा रहेको छ। त्यसैगरी, नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ। यसरी हुने मृत्युहरूमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबाट मात्रै २७ दशमलव ३६ प्रतिशत मृत्यु हुने गरेको छ। जसको प्रमुख कारण उच्च रक्तचाप हो। नसर्ने रोगको जोखिम कारकसम्बन्धी राष्ट्रिय सर्वेक्षण २०७६/०७७ अनुसार पनि नेपाली वयस्कहरूमा उच्च रक्तचापको दर २४ दशमलव ५ प्रतिशतरहेको पाइएको छ।बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान (अत्याधिक नुन र हानिकारक चिल्लो पदार्थको प्रयोग), शारीरिक निष्क्रियता, धूमपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरणजस्ता कारणहरूले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको छ।

    धेरै व्यक्तिहरूमा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले उच्च रक्तचापलाई मृत्युको मौन कारक (साइलेन्ट किलर) पनि भनिन्छ। समयमै पहिचान तथा उपचार नभएमा यसले मुटुरोग, हृदयघात, मस्तिष्कघात, मिर्गौला रोग तथा अन्य जटिल स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकोले रक्तचापको नियमित जाँच गराउन आवश्यक छ।

    images
    images

    उच्च रक्तचापको रोकथाम र नियन्त्रणमा के गर्ने ?  
    —    ३० वर्षभन्दा माथि उमेरका सबैले वर्षमा कम्तीमा एकपटक नियमित रक्तचाप जाँच गराउने।
    —    नुन, चिल्लो तथा प्रशोधित खाना घटाई ताजा फलफूल र तरकारी खाने।
    —    दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने।
    —    धूमपान तथा मद्यपानबाट टाढा रहने।
    —    पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिने।
    —    उच्च रक्तचाप निदान भएकाहरूले चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्ने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend