images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अवैध तथा असुरक्षित सामान बिक्री गरेको...

अवैध तथा असुरक्षित सामान बिक्री गरेको आरोपमा टेमुलाई युरोपमा २० करोड युरो जरिवाना

अवैध तथा असुरक्षित सामान बिक्री गरेको आरोपमा टेमुलाई युरोपमा २० करोड युरो जरिवाना

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • ब्रसेल्स । चिनियाँ अनलाइन खुद्रा विक्रेता कम्पनी टेमुलाई आफ्नो प्लेटफर्ममा अवैध तथा असुरक्षित सामान बिक्री हुन दिएको आरोपमा यूरोपेली संघ (ईयू)ले २० करोड युरो (झन्डै २३ करोड २० लाख अमेरिकी डलर) जरिवाना तिराएको छ । युरोपेली आयोगका अनुसार टेमुले खतरनाक शिशु खेलौना, खराब चार्जरजस्ता उत्पादनबाट उपभोक्तालाई हुन सक्ने जोखिम पहिचान, विश्लेषण र मूल्याङ्कन गर्न पर्याप्त सावधानी अपनाउन असफल भएको थियो ।टेमुमाथि सन २०२४ अक्टोबरदेखि ईयूको डिजिटल सेवा कानुनअन्तर्गत ‘धेरै ठुलो अनलाइन प्लेटफर्म’का रूपमा आफ्नो दायित्व पूरा गरेको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको थियो । अनुसन्धानका क्रममा स्वतन्त्र परीक्षण संस्थामार्फत गरिएको ‘मिस्ट्री सपिङ’मा टेमुबाट खरिद गरिएका धेरै चार्जर आधारभूत विद्युतीय सुरक्षा परीक्षणमा असफल भएका थिए । त्यस्तै, धेरै शिशु खेलौनामा कानुनी सीमा भन्दा बढी रसायन भेटिएको तथा निस्कन सक्ने साना भागहरूले बच्चालाई निसास्सिने जोखिम रहेको पाइएको थियो ।

    images
    images

    जरिवानासँगै टेमुले आगामी २८ अगस्टभित्र समस्या समाधानका लागि कार्ययोजना पेस गर्नुपर्नेछ। त्यसपछि युरोपेली आयोगले कम्पनीले पर्याप्त सुधार गरेको छ कि छैन भन्ने निर्णय गर्नेछ । ईयूका प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले यो निर्णय टेमुलाई बलियो सन्देश दिनका लागि गरिएको बताएका छन् । टेमुले भने उक्त निर्णयप्रति असहमति जनाउँदै जरिवाना अत्यधिक भएको प्रतिक्रिया दिएको छ । कम्पनीका प्रवक्ताले निर्णय २०२४ को अवस्थासँग सम्बन्धित रहेको र हालको प्रणालीलाई प्रतिबिम्बित नगर्ने बताएका छन् । यो ईयूको डिजिटल सेवा ऐनअन्तर्गत सामग्रीसम्बन्धी दोस्रो ठुलो जरिवाना हो । यसअघि गत डिसेम्बरमा माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई १२ करोड युरो जरिवाना तिर्न आदेश दिइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend