images

२०८३ आश्विन १९ गते

images
images
images

विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको बिजुली

विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको बिजुली

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको जानकारी दिएको हो ।

    images
    images

    विद्युत् प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत् लाइन काटेको छ । त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत् काटिएको छ ।

    गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको बक्यौता बुझाउन ताकेता गरेको थियो । उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो । प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता बापतको महसुल बुझाएका थिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend