images

२०८३ आश्विन १७ गते

images
images
images

स्वास्थ्यमा ९ सय ७७ नयाँ दरबन्दी, विशेषज्ञ डाक्टर थप्दै सरकार

स्वास्थ्यमा ९ सय ७७ नयाँ दरबन्दी, विशेषज्ञ डाक्टर थप्दै सरकार

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९ सय ७७ नयाँ दरबन्दी थप भएको छ । मन्त्रालयको १ हजार ८ सय ८ दरबन्दी स्वीकृत भएसँगै ९ सय ७७ नयाँ दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ ।अहिले मन्त्रालयमा मौजुदा ८ सय ३१ दरबन्दी छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय पुलअन्तर्गत कुल १ हजार ८ सय ८ दरबन्दी स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । 

    images
    images

    मन्त्रालयका अनुसार प्राप्त भएका स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगबाट चरणबद्ध रूपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गरिने छ ।साथै विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।सीएमए,  अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहहरूमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend