images

२०८३ आश्विन १७ गते

images
images
images

एक हजार ५१ स्वास्थ्य संस्थाको पुनर्निर्माण

एक हजार ५१ स्वास्थ्य संस्थाको पुनर्निर्माण

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ ।आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ ।निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।त्यसैगरी सात लाख ७० हजार ८३८ लाभग्राहीले दोस्रो किस्ता तथा सात लाख ४३ हजार ९८७ लाभग्राहीले अन्तिम किस्ता पाएका छन् ।

    images
    images

    सर्वेक्षणअनुसार हालसम्म सात लाख ७३ हजार ९८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।यसैगरी जेनजी आन्दोलनबाट सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्रका १२६ भवनमा सामान्य क्षति र १४४ भवनमा आंशिक वा पूर्णक्षति भएको थियो । क्षति भएका संरचनामध्ये सामान्य क्षतितर्फ ५८ संरचनाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने ६० संरचनाको निर्माण कार्य सुरु भइसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend