images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ ।यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ । ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी जुन यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ ।

    images
    images

    साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ । यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ ।संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो । नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend