images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • वैज्ञानिकहरूले फेला पारे हातको पञ्जामा अटाउने...

वैज्ञानिकहरूले फेला पारे हातको पञ्जामा अटाउने निलो अक्टोपस

वैज्ञानिकहरूले फेला पारे हातको पञ्जामा अटाउने निलो अक्टोपस

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • वासिङटन डीसी । वैज्ञानिकहरूले इक्वेडोर नजिक रहेको गालापागोस टापु क्षेत्रमा एउटा सानो अक्टोपसको प्रजाति पत्ता लगाएका छन् । यो प्राणी अत्यन्त सानो, नीलो र ठुला आँखासहितको देखिन्छ ।जुन मानिसको हातको हत्केलामा सजिलै अट्न सक्छ । यो नयाँ प्रजातिलाई माइक्रोइलेडोन ग्यालापेजेन्सिस नाम दिइएको छ ।

    images
    images

    सन् २०१५ मा समुद्रको सतहभन्दा करिब ५,८०० फिट गहिराइमा चलाइएको रिमोटली अपरेटेड अन्डरवाटर रोबोटले समुद्री तलछटमा यो सानो नीलो जीवको गतिविधि रेकर्ड गरेको थियो ।अनुसन्धान टोलीका सदस्यहरूले यसलाई नरम खेलौनाजस्तै देखिने बताएका थिए । भिडियोमा एक सदस्यले ‘कति प्यारा सानो जीव’ भनेर आश्चर्य व्यक्त गरेको सुनिन्छ ।

    अनुसन्धान प्रक्रिया किन ढिलो भयो ?

    images
    images

    यो अनुसन्धान प्रक्रिया विभिन्न प्रशासनिक र प्राविधिक कारणले लामो समयसम्म रोकिएको थियो । उक्त जीव पोथी अक्टोपस भएको बताइएको छ । यसलाई पछि वैज्ञानिक अध्ययनका लागि सुरक्षित राखिएको थियो ।यसलाई सन् २०२२ मा मात्र अमेरिकास्थित फिल्ड म्युजियममा पु‍र्याइयो । अक्टोपस फर्माल्डिहाइडमा संरक्षित गरेर राखिएको र अत्यन्त नाजुक अवस्थामा भएकोले अध्ययन गर्दा सुरुमा अत्यधिक सावधानी अपनाइएको थियो ।पछि अनुसन्धानकर्ताहरूले अत्याधुनिक सीटी स्क्यान प्रविधि प्रयोग गरे । हजारौँ एक्सरे छविहरू मिलाएर उक्त अक्टोपसको थ्रीडी मोडेल तयार पारे । यसले वैज्ञानिकहरूलाई यसको शरीर संरचना र विकासक्रम निर्धारण गर्न सहयोग गर्‍यो ।अनुसन्धानका अनुसार यो प्रजाति पहिले कुनै पनि ज्ञात अक्टोपस प्रजातिसँग मेल नखाने नयाँ वर्गमा रहेको छ । यो खोज समुद्री जैविक विविधता बुझ्नका लागि महत्वपूर्ण मानिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend