images

२०८३ आश्विन २३ गते

images
images
images

वनमन्त्रीले एक सय दिनमा गरेको १६ बुँदे उपलब्धि के के ?

वनमन्त्रीले एक सय दिनमा गरेको १६ बुँदे उपलब्धि के के ?

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका छन् । 

    images
    images

    बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपलब्धिहरु सार्वजनिक गरेका हुन् । 

    यस्ता छन् मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु :

    images
    images

    १. दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको छ । दिगो वन व्यवस्थापनकी मापदण्ड तयार गरिएको छ ।

    २. सामुदायिक वन व्यवस्थापनलाई सहजीकरण गर्नेगरी सामुदायिक वन मार्गदर्शन तयार गरिएको छ ।

    ३. बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकिएको, रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको, मानव वन्यजन्तु द्घन्द्घ व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको ।

    ४. कार्बन व्यापारमा निजी क्षेत्र समेत समावेश गर्ने गरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा पुगेको छ ।

    ५. राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको ।

    ६. बाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको ।

    ७. बायु प्रदूषण न्यूनीकरण तथा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्ने उद्देश्यले Hydrofluorocarbons -HFCs  को उत्सर्जनमा कमी ल्याइ वाातावरणीय स्वच्छता कायममा सहयोग पुर्याउने तथा सो सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न मोन्ट्रियल प्रोटोकल अन्तर्गतको किगाली संशोधन अनुमोदन प्रस्ताव तयार गरी म.प.को सहमति लिएर मिति २०८१/०५/२५ गते संसदमा टेबुल भएको छ ।

    ८. नेपालको राष्ट्रिय बन र प्रदेश अनुसार बनको तथ्याइ अद्यावधिक गर्न नेपालको राष्ट्रिय भू–क्षेत्र NLCMS नक्सांकन गरी सहमतिको लागि नापी विभाग अन्तर्गत रहेको नाप नक्सा समितिको सचिवालयमा पेश गरिएको छ । सो समिति बाट सहमति भैइ आइसके पश्चात सबैको उपयोगको लागि हुनेगरी प्रकाशित गरिनेछ ।

    ९. वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित आ. व. २०८१–८२ आयोजना एवम् कार्यक्रम तथा प्रदेशहरुमा संचालन हुने संघीय सशर्त कार्यक्रमहरु सञ्चालन गर्न हुने संधीय सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, वन तथा भू–संरक्षण विभाग, वातावरण विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, वनस्पति विभाग र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत भएको छ ।

    १०. रेडप्लस कार्यक्रम मार्फत Emission Reduction को पहिलो किस्तावापत World Bank बाट एक अर्ब ५१ करोड ८० लाख रुपैयाँ बजेट बिियअबतष्यल भएको छ । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीयस्तरमा परिचालन भई उपभोक्ताको जीविकोपार्जन र वन व्यवस्थापनमा टेवा पुग्ने पूर्ण विधास छ ।

    ११. वन विकास कोषमा यस अवधिमा मात्र रु. ६,५९.११,२०४.४५ जम्मा भएको छ।

    १२. चालू आर्थिक वर्षको आधिन मसान्तसम्ममा ११ वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनक्षेत्रको १३०.५२६७ हेक्टर क्षेत्रफलको जग्गा प्रयोग गर्न र ४४ हजार २७७ वटा रुख हटाउन स्वीकृति दिइएको छ ।

    १३. वातावरण संरक्षण र विकासबीच समन्वय गरी दिगो विकास तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले ५ वटा आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरीएको, ४ बटा आयोजनाहरुको अद्यावधिक वातावरणीय व्यवस्थापन योजना EMP स्वीकृत गरीएको र नौं वटा आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण प्रतिवेदन SD तथा कार्यसूची TOR स्वीकृत गरीएको छ । त्यस्तै गरी २ वटा जलविद्युत आयोजनाको पूरक वातावरणीय अध्ययन प्रतिवेदन SEIA स्वीकृत गरीएको छ ।

    १४. चालू आर्थिक वर्षको आश्विन मसान्तसम्ममा ११ वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनक्षेत्रको १३०.५२६७ हेक्टर क्षेत्रफलको जग्गा प्रयोग गर्न र ४४ हजार २७७ वटा रुख हटाउन स्वीकृति दिइएको ।

    १५. कोलम्बियाको राजधानी क्यालीमा भएको जैविक विविधता महासन्धिको १६ औं सम्मेलनमा नेपालले सक्रिय भाग लिएको ।

    १६. जलवायु परिवर्तनका असर र प्रभावका कारण नेपाल र नेपाली मुख्य गरी हिमालमा परेको असरका सम्बन्धमा अन्तराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनको लागि आगामी नोभेम्बर ११–२२. २०२४ मा अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तन महासन्धीको २९ औं सम्मेलनमा सम्माननीय राष्ट्रपतिज्यूको नेतृत्त्वमा भाग लिनेगरी तयारीको कार्यहरु भएको ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend