images

२०८३ आश्विन १७ गते

images
images
images

खच्चामा सडक खण्ड अवरुद्ध

खच्चामा सडक खण्ड अवरुद्ध

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • सिमकोट (हुम्ला), १४ जेठ । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।

    images
    images

    माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।

    पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिएका थिए। 

    images
    images

    सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटकपटक उक्त स्थानमा सुक्खा पहिरो खस्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend