images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • शिक्षकलाई मासिक ५ हजार महँगी भत्ता...

शिक्षकलाई मासिक ५ हजार महँगी भत्ता दिन शिक्षामन्त्रीलाई संयुक्त पत्र

शिक्षकलाई मासिक ५ हजार महँगी भत्ता दिन शिक्षामन्त्रीलाई संयुक्त पत्र

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा कार्यरत १० हजार ८६६ जना संघीय अनुदान शिक्षकहरूले आगामी आर्थिक वर्षको बजेटमा मासिक ५ हजार रुपैयाँ महँगी भत्ता व्यवस्था गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेलसमक्ष संयुक्त निवेदन पेस गरेका छन्।संघीय अनुदान शिक्षकहरूको तर्फबाट पेस गरिएको निवेदनमा वर्तमान आर्थिक शिथिलता तथा निरन्तर बढ्दो महँगीका कारण न्यून तलबमानमा जीवनयापन गर्न कठिन भएको उल्लेख गरिएको छ।उनीहरूले अन्य राष्ट्रसेवक कर्मचारी, स्थायी तथा राहत शिक्षकहरूले महँगी भत्ता सुविधा पाइरहे पनि संघीय अनुदान शिक्षकहरू भने उक्त सुविधाबाट वञ्चित रहेको गुनासो गरेका छन्।

    images
    images

    राज्यको समान तह र सेवामा रहेका अन्य शिक्षकसरह नै कार्यभार वहन गर्दागर्दै पनि महँगी भत्ताबाट वञ्चित हुनु न्यायोचित नभएको उल्लेख गर्दै मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउन माग गरिएको छ।शिक्षा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी बजेटमा आवश्यक रकम विनियोजन सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन्।निवेदनमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा भावी पुस्ताको निर्माणमा योगदान पुर्‍याउँदै आएका शिक्षकहरूको मनोबल उच्च राख्न र पेसागत न्याय सुनिश्चित गर्न सरकारको विशेष पहल आवश्यक रहेको उल्लेख गरिएको छ।

    उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई समेत पठाइएको छ। संघीय अनुदान शिक्षक संघ/प्रतिनिधिमण्डलका तर्फबाट पेस गरिएको निवेदनमा शिक्षकहरूको न्यायोचित मागप्रति सकारात्मक निर्णय हुने विश्वास व्यक्त गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend