images

२०८३ आश्विन १६ गते

images
images
images

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं. १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं. १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजे सम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

    images
    images

    वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । “यो मेलामा हस्तकला महासघं, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्य अनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्त कलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाका समयमा साङ्गीतिक कार्यक्रम समेत गरिने उहाँले जानकारी गराउनुभयो ।

    images
    images

    मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।

    रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराउनुभयो ।

    “स्थानीय व्यापार वृद्धि गरी महिलाको आयआर्जन वृद्धि गर्न सानो प्रयास हो, पाटनलाई चौबीसै घण्टा जागृत गराउने उद्देश्यले यो क्षेत्रलाई उकास्न दीर्घकालीन योजना अनुसार काम गर्ने लक्ष्यका साथ यो मेला गर्न लागिएको हो । नुन देखि सुन सम्म पाइने व्यवस्था मिलाइनेछ, ८० वटा स्टलको व्यवस्था गरिनेछ, हरेक स्थलमा फरकफरक सामान राख्ने व्यवस्था मिलाइनेछ, तिहारलाई चाहिने खाद्यान्न सहित अन्य सामग्री राख्नेछौँ”, उहाँले भन्नुभयो ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियान भित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापन लगायत काम गरेर मात्र घोषणा गर्ने बताउँदै आउनुभएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend