नेपाल डेरी एसोसिएसन देशभरका साना, मझौला, ठूला तथा घरेलु डेरी उद्योगहरूको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय छाता संगठन हो। यस संस्थामा सातै प्रदेशका २५ जिल्लामा फैलिएका करिब ३०० भन्दा बढी डेरी उद्योगहरू आबद्ध रहेका छन्।
वि.सं. २०५५ सालमा स्थापना भएको यस संस्थाको मुख्य उद्देश्य डेरी उद्योगीहरूको हकहित संरक्षण गर्नु, दुग्ध क्षेत्रसँग सम्बन्धित नीतिगत विषयहरूमा सरोकारवाला निकायहरूसँग समन्वय, संवाद, बहस तथा पैरवी गर्नु हो। हाल २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको यस संस्थाले दुग्ध क्षेत्रको दिगो विकास, किसान-उद्योग समन्वय र उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने दिशामा निरन्तर योगदान दिँदै आएको छ।
नेपालमा दुग्ध क्षेत्रको योगदान:
नेपालको दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ हो, जसले उत्पादन, रोजगारी, ग्रामीण आय वृद्धि र खाद्य सुरक्षामा उल्लेखनीय भूमिका खेलेको छ। देशभर दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गर्दछ, जस मध्ये करिब ३१ लाख लिटर दूध बजारमा प्रवेश गर्छ।बजारमा आएको दूधमध्ये करिब १७% औपचारिक (लेबलिङ तथा प्याकेजिङ सहित) रूपमा बिक्री हुन्छ भने बाँकी ३३% अनौपचारिक रूपमा खुल्ला बजारमा बिक्री हुने गर्दछ। ५०% दूध अहिलेसम्म पनि बजारमा आउन सकेको छैन । यसलाई बजारमा ल्याउनुपर्ने अबको चुनौती हो। निजी डेरी क्षेत्रबाट करिब ५०,००० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अनौपचारिक क्षेत्रमा पनि करिब त्यति नै रोजगारी सिर्जना भएको छ। देशभर ६ लाख कृषक परिवारहरू यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित छन्।निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको छ र देशभर करिब ६,००० डेरी उद्योग सञ्चालनमा रहेका छन्।
दैनिक करिब ३१ लाख लिटर दूधको आधारमा झण्डै २० करोड १५ लाख रुपैयाँ बराबरको कारोबार हुने गर्दछ, जस मध्ये ६ करोड रुपैयाँभन्दा बढी रकम सहरबाट गाउँतर्फदैनिक प्रवाह हुने गरेको छ। नेपालमा व्यवसायीक रुपले डेरी क्षेत्रको सुरुवात वि.सं. २००९ सालमा काभ्रेपलाञ्चोकको नालाबाट भएको मानिन्छ।
यस क्षेत्रले ग्रामीण स्वरोजगार सिर्जना, कृषक आय वृद्धि, गरिबी न्यूनीकरण, पोषण सुरक्षा, स्वास्थ्य सुधार तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (FAO) ले सन् २००१ मा विश्व दुग्ध दिवसको स्थापना गरी दुग्धलाई एक वैश्विक खाद्यका रूपमा मान्यता दिएको हो। प्रत्येक वर्ष जुन १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ, किनकि यस समयमा विश्वका धेरै देशहरू पहिल्यैदेखि आ-आफ्नै दुग्ध दिवस मनाउँदै आएका थिए भने यस पटक सन् २०२६ मा यो दिवस २६औं पटक विश्वभर मनाइँदैछ।हाल विश्वका १०० भन्दा बढी देशहरूले जनचेतना अभियान, विद्यालय कार्यक्रम, स्वास्थ्य अभियान तथा डेरी उद्योग सम्बन्धी गतिविधिहरूमार्फत यो दिवस मनाउँदै आएका छन्।
यस दिवसले स्वस्थ आहार, जिम्मेवार खाद्य उत्पादन र समुदायको जीविकोपार्जनमा दुग्धको भूमिकाप्रति ध्यानाकर्षण गर्ने अवसर प्रदान गर्दछ। खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसहरूको जीविका दुग्ध क्षेत्रमा आधारित छ र छ (६) अर्बभन्दा बढी मानिसहरू दुग्धजन्य पदार्थ उपभोग गर्दछन्।
नेपालमा विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागितामा विश्व दुग्ध दिवस मनाउँदै आइएको छ। कृषि प्रधान देश नेपालमा दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको छ। विशेषगरी साना किसान, महिला कृषक तथा पशुपालनमा आधारित परिवारहरूको आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा दुग्ध क्षेत्रको भूमिका अतुलनीय छ। नेपाल जस्तो कृषि प्रधान मुलुकमा विश्व दुग्ध दिवस मनाउनु अत्यन्त आवश्यक र सान्दर्भिक छ। यसका प्रमुख कारण र फाइदाहरू निम्नानुसार छन्:
क्र.सं.लक्ष्य तथा उद्देश्यहरु
१ दुग्ध तथा दुग्धजन्य पदार्थको पोषणीय महत्वबारे जनचेतना फैलाउने ।
२ किसान तथा दुग्ध उत्पादकहरूको योगदानको सम्मान गर्ने ।
३ महिला कृषकहरूको भूमिका र सहभागितालाई प्रोत्साहन गर्ने ।
४ स्वदेशी दुग्ध उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्ने ।
५ ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन दुग्ध क्षेत्रको महत्व उजागर गर्ने ।
६ युवालाई पशुपालन तथा डेरी व्यवसायतर्फ आकर्षित गर्ने ।
७ स्वस्थ, स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन तथा उपभोग संस्कृतिको विकास गर्ने ।
८ दुग्ध क्षेत्रसँग जोडिएका नीति, बजार र किसानका समस्या माथि सार्वजनिक बहसको वातावरण निर्माण गर्ने ।
यस वर्ष विश्व दुग्ध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा "Celebrating Women Farmers"(महिला कृषकहरूको सम्मान)" रहेको छ भने राष्ट्रिय नारा "दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार" भन्ने यस नारालाई आत्मसात गर्दै नेपाल डेरी एसोसिएसनको आयोजनामा सप्ताहव्यापी निम्न कार्यक्रमहरू सञ्चालन गरिने छन् :
क्र.स. कार्यक्रमको विवरण गतिविधि मिति स्थान
१ प्रेस मिट सञ्चारकर्मीहरूसँग अन्तरक्रिया जेठ १२ पोखरा
२ कविता प्रतियोगिता-2083 विद्यालय तथा युवा प्रतिभाहरूको सहभागितामा जेठ १३ काठमाडौं
३ जनचेतनामूलक कार्यक्रम उपभोक्ता सचेतना अभियान जेठ १४ काभ्रे
४ अन्य प्रवर्द्धनात्मक गतिविधिहरू दुग्ध क्षेत्रको प्रचारप्रसार जेठ १५
प्रत्येक सात वटै प्रदेश तथा जिल्ला कार्यसमितिले जेठ १५ देखि १८ सम्ममा विविध जनचेतनामूलक तथा दुग्ध तथा दुग्थजन्य पदार्थका प्रवर्द्धनात्मक कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिने छ ।
५ विश्व दुध दिवस-2083 बृहत्त कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना विविध कार्यक्रम जेठ १८ ललितपुर
विश्व दुग्ध दिवस २०२६ लाई सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला निकाय, साहित्यकार, शिक्षक, विद्यार्थी तथा आम नागरिकहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरिन्छ। सरकार, निजी क्षेत्र, सहकारी संस्था तथा किसानबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउन यस अभियानमा सबैको साथ अपेक्षित छ।
नेपाल डेरी एसोसिएसनको आयोजनामा २६औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस २०२६ को शुभ अवसर पारेर आयोजना हुन लागेको विद्यालयस्तरी “कविता प्रतियोगिता” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइन्छ । २६औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा "महिला कृषकहरूको सम्मान" लाई आत्मसात गर्दै साहित्य, सिर्जनशीलता र कृषक सम्मानलाई एकै मञ्चमा जोड्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमले समाजमा महिला कृषकहरूको अमूल्य योगदानप्रति सम्मान अभिवृद्धि गर्नुका साथै युवापुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता र सकारात्मक अभिव्यक्तिलाई प्रोत्साहन प्रदान गर्नु रहेको छ।
उक्त प्रतियोगितामा विभिन्न विद्यालयका युवा विद्यार्थीहरुका प्रतिभाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। यस कविता प्रतियोगिता कार्यक्रम यही २०८३ जेठ १३ गते बिहान १०:३० बजे काठमाडौं इङ्गलिस स्कुल, नक्साल, काठमाडौंमा आयोजना हुने बेहोरा यसै विज्ञप्ती मार्फत् जानकारी गराइन्छ। उक्त कार्यक्रममा कविता वाचन, सिर्जनात्मक प्रस्तुति तथा उत्कृष्ट प्रतिभाको सम्मान गरिने कार्यक्रम समेत रहेको छ। नेपाल डेरी एसोसिएसनले यस कार्यक्रममार्फत समाजमा महिला कृषकहरूको योगदानप्रति सम्मान अभिवृद्धि गर्नुका साथै युवापुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता र सकारात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ। कार्यक्रममा सञ्चारकर्मी, साहित्यकार, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सबै महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । छ भने सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आईपीओ ल्याउने भएको छ। साथै सेबोन अध्यक्षका लागि विनयदेव आचार्य, डा गोपाल भट्ट र मुकुन्दकुमार क्षत्री सिफारिस भएका छन्।
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त समय काम गराउँदा अनिवार्य रूपमा ओभरटाइम भत्ता दिनुपर्ने भएको छ। साथै अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तार गर्दै विशेष काउन्टर, ब्रेल एटिएम र सहज पहुँचयुक्त सेवा अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ।




.gif)





