images

२०८३ आश्विन १७ गते

images
images
images

वर्षायाम आउनुअघि नै सडक संकट : पाँचथर र सङ्खुवासभामा आवागमन प्रभावित

वर्षायाम आउनुअघि नै सडक संकट : पाँचथर र सङ्खुवासभामा आवागमन प्रभावित

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । आज मंगलबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात सेवा नराम्ररी प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको उल्लेख छ। कतै सडक पूर्ण रूपमा बन्द छ भने कतै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    images
    images

    राजमार्ग अवरोधको सबैभन्दा ठूलो असर कोशी प्रदेशमा परेको छ। पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जेठ ८ गतेदेखि याङवरकको वडा नम्बर ३ ओयाम बजार र रिजालभिरमा गएको पहिरो तथा वडा नम्बर २ दोभानमा आएको बाढीका कारण उक्त लोकमार्ग पूर्ण रूपमा बन्द भएको हो। सैगरी सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ सिम्बुङमा जेठ ११ गते गएको पहिरोले कोशी राजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको छ। यद्यपि, कोशी प्रदेशकै भोजपुर नगरपालिका-५ बोखिममा बाढीले अवरुद्ध गरेको मध्य पहाडी लोकमार्ग र सङ्खुवासभाको मकालु गाउँपालिका-३ नयाँ बस्तीमा पहिरोले अवरुद्ध गरेको कोशी राजमार्ग भने एकतर्फी रूपमा सुचारु भएका छन्। भोजपुरमा वैकल्पिक बाटोको समेत व्यवस्था रहेको बताइएको छ।

    यता बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वैशाख २२ गतेदेखि नै खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई आवतजावत गर्न दिइएको छैन। गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि पहिरोको कारण सडक प्रभावित भएको छ। वैशाख १६ गते अन्नपूर्ण गाउँपालिका-३ जलथले र जेठ ७ गते रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीमा गएको पहिरोका कारण बेनी-जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिकाको वडा नम्बर २ स्थित हिल्सा सिमिकोट सडक खण्डमा यातायात सञ्चालन गर्न दिइएको छैन। सडक अवरोधसम्बन्धी थप र नियमित सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट लिन सकिने व्यवस्था मिलाइएको छ।

    images
    images
     

    706297479_1302591252003395_5912687524527740469_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend