images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • विश्वव्यापी चुनौती बनेको मायोपियाबाट जोगिन जनचेतनामूलक...

विश्वव्यापी चुनौती बनेको मायोपियाबाट जोगिन जनचेतनामूलक र्‍याली

विश्वव्यापी चुनौती बनेको मायोपियाबाट जोगिन जनचेतनामूलक र्‍याली

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौँ । विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने द‌ृष्टिदोष) प्रति जनचेतना फैलाउने उद्देश्यले द‌ृष्टि आई केयर सिस्टम कलंकीले र्‍यालीको आयोजना गरेको छ । आइतबार बिहान ७ बजे द‌ृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौँ, विरंगन्ज र बिर्तामोडमा आयोजना भएको मायोपिया जनचेतना र्‍यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । मायोपियासम्बन्धी सचेतना र जानकारी व्यापक बनाउन सबै उमेर समूहका नागरिकको सहभागितामा र्‍याली आयोजना गरिएको सिस्टमले बताएको छ । 

    images
    images

    ‘मायोपिया जनचेतना सप्ताह’ (जेठ ३ देखि ९ गतेसम्म) अन्तरगत विभिन्न उमेर समूहका नागरिकको सहभागिता र सक्रियतामा विविध कार्यक्रम सम्पन्न भएको छ । यस अन्तरगत विभिन्न विद्यालयहरूमा स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनुका साथै सयौँ बालबालिकाको प्रारम्भिक परीक्षण सञ्चालन गरिएको थियो । परीक्षणमा संलग्न विद्यार्थीहरूलाई द‌ृष्टिका सबै शाखाहरूमा निःशुल्क विस्तृत आँखा परीक्षण सेवा प्रदान गरिएको छ ।आज आयोजित जनचेतनामूलक र्‍यालीलाई सम्बोधन गर्दै द‌ृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले “यो अभियान केवल पदयात्रा मात्र नभई, आफ्नो व्यवहार परिवर्तन गर्ने चेतनाको यात्रा हो, द‌ृष्टिकोण परिवर्तन हो र हाम्रा भविष्यका पुस्ताको द‌ृष्टिलाई सुरक्षित बनाउने सामूहिक सङ्कल्पको सुरुवात भएको बताए ।

    नेपाल द‌ृष्टि विशेषज्ञ सङ्घका सचिव अविनाश झाले ‘मायोपिया अर्थात् नजिक देख्ने तर टाढा नदेख्ने समस्या तीव्र गतिमा बढिरहेको र बालबालिकामा यो समस्या धेरै देखिएकाले समयमै यसको नियन्त्रण नगरेमा भविष्यमा द‌ृष्टि गुम्ने खतरा रहेको’ प्रति सचेत गराए । नेपाल नेत्र सहायक सङ्घका सचिव रमेश प्रधान र अप्टिकल व्यवसायी सङ्घ नेपालका प्रवक्ता मनोज धिमालले सबै सरोकारवालाहरूबिच सहकार्यबाट मात्र मायोपिया नियन्त्रण गर्ने सकिनेमा जोड दिए ।  त्यस्तै, मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपिया सामान्य द‌ृष्टिदोष मात्र नभई दीर्घकालीन द‌ृष्टि गुमाउने कारणका रूपमा लिन आवश्यक रहेको बताउनु भयो । डिजिटल डिभाइसको नियन्त्रित प्रयोग सम्बन्धी सचेतना एवं नियमित बाह्य क्रियाकलापमा सहभागिताका साथै नियमित आँखाको परीक्षणबाट मायोपिया नियन्त्रण गर्न सकिने जानकारी दिँदै, यसप्रति सामूहिक चेतना आवश्यक रहेको बताए।काठमाडाैँमा आयोजित र्‍याली द‌ृष्टि आइ केयर सिस्टम कलंकीबाट सुरु भई कलंकीचोक रविभवन हुँदै सोल्टीमोडबाट पुन द‌ृष्टि आइ केयरमा पुगेर समापन भएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend