images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • पहिलो त्रैमासमा पाँचथर पावरलाई ३ करोड...

पहिलो त्रैमासमा पाँचथर पावरलाई ३ करोड घाटा

पहिलो त्रैमासमा पाँचथर पावरलाई ३ करोड घाटा

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं ।  विद्युत् उत्पादन बन्द हुँदा पाँचथर पावरले आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा ब्योहोरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनी ३ करोड १ लाख रुपैयाँ नोक्सानीमा छ ।

    images
    images

     गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले  ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी शून्य छ । आम्दानी शून्यका बाबजुद विभिन्न खर्चका कारण कम्पनी नोक्सानीमा गएको हो ।

    २०८० असार मसान्तमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन हुन सकेको छैन । जसले गर्दा आम्दानी हुन नसकेको कम्पनीले स्पष्ट पारेको छ । आयोजना निर्माण सम्पन्न हुन अझै ३ महिना लाग्ने अनुमान रहेको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९२ पैसा छ । बुधवार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend