images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी...

महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो ३२ औँ वार्षिकोत्सव

महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो ३२ औँ वार्षिकोत्सव

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सम्पन्न गरेको छ । यही जेठ ७ गते ३२ औँ वर्ष पूरा गरेको बैंकले जेठ २ गतेदेखि जेठ ७ गतेसम्म देशैभर विविध वार्षिकोत्सव कार्यक्रमहरू सञ्चालन गरेको हो ।वार्षिकोत्सव कार्यक्रमको सुरुआतमा जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न भयो । विभिन्न स्थानमा आयोजित उक्त प्रभातफेरी तथा वित्तीय साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा र विप्रेषण जस्ता बैंकिङ सेवाहरूसँग सम्बन्धित विषयवस्तुहरू समेटिएका थिए ।

    images
    images

    स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ बैंकले जेठ ४ गते केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त र आँखा शिविर सञ्चालन गर्‍यो । ती शिविरहरूमा करिब २०० जना व्यक्तिहरूको स्वास्थ्य, आँखा र दाँतको परीक्षण गरिएको थियो । यसैगरी स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भनी बैंकले जेठ ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालयहरू र केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरी २०० पिन्ट रगत संकलन गर्‍यो ।धार्मिक तथा सांस्कृतिक प्रवर्द्धनलाई प्राथमिकता दिँदै जेठ ६ गते नै बैंकले विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ गरी आवश्यक सामग्रीहरू हस्तान्तरण गर्‍यो । ललितपुरको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैँचा प्रवर्द्धन तथा मर्मत सम्भार गर्नुका साथै मन्दिरमा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनका लागि समेत बैंकले सहयोग उपलब्ध गराएको छ ।

    जेठ ७ गते बिहीबारका दिन बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूमा देशको भौगोलिक र सांस्कृतिक विविधता झल्काउन कर्मचारीहरू स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थित भएर प्रहसन गरेका थिए । सोही दिन श्री नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्याङ्की हस्तान्तरण गरिएको छ । यसका साथै अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा स्थानीय साना तथा मझौला व्यापारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले हरेक वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा संकलन गरिएका फोटोहरू समेत केन्द्रीय कार्यालयमा प्रदर्शन गरियो ।वार्षिकोत्सवको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको र विगत ४ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट’ को पाँचौँ श्रृंखला समेत बैंकले यही जेठ महिनाभित्रै सञ्चालन गर्ने तयारी गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend