काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ ।
चालु आवको साउनदेखि असोज मसान्तसम्म बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाले बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा, आधारदर ६.७२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा छ ।
समीक्षा अवधिमा, खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले घटेर २ अर्ब २० करोड ८२ लाख रुपैयाँ पुगेको छ । यो गत आवमा २ अर्ब २१ करोड ७७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी पनि ७.०३ प्रतिशतले घटेर २९ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।




.gif)





