images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • काठमाडौंका ७ स्थानमा कुमारी बैंकका शाखा...

काठमाडौंका ७ स्थानमा कुमारी बैंकका शाखा समायोजन हुँदै

काठमाडौंका ७ स्थानमा कुमारी बैंकका शाखा समायोजन हुँदै

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । कुमारी बैंकले काठमाडौँ जिल्लाभित्र सञ्चालित आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूसँग समायोजन (एकीकरण) गर्ने भएको छ ।बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ २ गतेदेखि लागू हुने गरी यी शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

    images
    images

    बैंकको निर्णय अनुसार, कुलेश्वर शाखालाई कालीमाटीमा, रामहिटी शाखालाई बौद्धमा र रातोपुल शाखालाई मैतीदेवी शाखामा समायोजन गरिनेछ ।त्यसैगरी, कोटेश्वर शाखा तिनकुनेमा, पानीपोखरी शाखा महाराजगञ्जमा, ठँहिटी शाखा ठमेलमा र सामाखुसी शाखा गोंगबु शाखामा गाभिने भएका छन् । समायोजन हुन लागेका यी शाखाहरू बीचको दूरी ३०० मिटरदेखि अधिकतम २ किलोमिटरको दायराभित्र रहेका छन् ।महानगरपालिका भित्र नजिकै रहेका शाखाहरूलाई एक आपसमा गाभेर सेवालाई थप प्रभावकारी बनाउन बैंकले यो कदम चालेको हो ।

    शाखा समायोजन भएपछि सम्बन्धित शाखाका ग्राहकहरूले अब समायोजन भई कायम रहेका (कालीमाटी, बौद्ध, मैतीदेवी, तिनकुने, महाराजगञ्ज, ठमेल र गोंगबु) शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend