काठमाडौँ, ५ जेठ । सोड नेपालले सामाजिक जिम्मेवारी र समुदायप्रतिको योगदानका लागि प्राप्त सम्मानप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रति आभार व्यक्त गरेको छ।
संस्थाले उक्त सम्मानले सामाजिक दायित्वबोधको यात्रामा थप हौसला, प्रेरणा र जिम्मेवारीबोधको भावना वृद्धि भएको जनाएको छ। साथै, समाजसेवा तथा सामाजिक रूपान्तरणका गतिविधिमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सोड नेपालका अनुसार यस्ता सम्मानले युवा तथा सामाजिक अभियन्ताहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्दै समुदायमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ। संस्थाले सामाजिक एकता, सहकार्य र उत्तरदायित्वको संस्कृतिलाई प्रवर्द्धन गर्न निरन्तर लागिरहने जनाएको छ।
अन्त्यमा, संस्थाले सबैप्रति धन्यवाद व्यक्त गर्दै “हामी सबैको जयहोस्” भन्ने भावनासहित समाजमा सद्भाव, सहकार्य र सकारात्मक सोचलाई अझ मजबुत बनाउन आह्वान गरेको छ।




.gif)





