images

२०८३ आश्विन २३ गते

images
images
images

तीन महिनामा आधा खर्बको इन्धन आयात, सबैभन्दा बढी डिजेल आयात

तीन महिनामा आधा खर्बको इन्धन आयात, सबैभन्दा बढी डिजेल आयात

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । चालु आर्थिक बर्ष २०८१/८२ को तीन महिनाको अवधीमा नेपालमा ५७ अर्बको इन्धन आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको अवधिमा ५७ अर्बको इन्धन नेपालमा आयात भएको हो ।

    सबैभन्दा बढी डिजेल आयात

    images
    images

    तथ्याङ्क अनुसार यसमध्ये सबैभन्दा बढी डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रुपैयाँबराबरको २ लाख ४५ हजार ६ सय ११ किलोलिटर आयात भएको छ ।

    यस्तै १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रुपैयाँबराबरको १ लाख ८७ हजार ८ सय ८७ किलोलिटर पेट्रोल र १४ अर्ब ६ करोड ४४ लाख रुपैयाँबराबरको १३ करोड ३ लाख ५ हजार ७ सय १७ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ ।

    अन्य कुन वस्तु तथा सामानको आयात कति ? 

    यसैगरी ४ अर्ब ५९ करोड ७९ लाख रुपैयाँबराबरको हवाई इन्धन आयात भएको छ । यसपछि दोश्रोमा विभिन्न प्रकारका फलामजन्य सामग्री आयात भएको छ ।

    ३ महिनाको अवधिमा १२ अर्ब १० करोड ७७ लाख रुपैयाँबराबरको २७ करोड ५ लाख ४ हजार किलो फलामजन्य सामग्री आयात भएको छ । 

    त्यस्तै तेश्रोमा फ्लाट र रोल्ड आइरन तथा स्टिलको क्वाइल आयात भएको छ । ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँबराबरको १० करोड ६७ लाख ३१ हजार किलो आयात भएको छ ।

    यसपछि विभिन्न प्रकारका खुद्रा औषधी ७ अर्ब ४७ लाख रुपैयाँबराबरको आयात भएको छ । त्यसैगरी ६ अर्ब ३५ लाख ७३ हजार रुपैयाँबराबरको विभिन्न प्रकारको मोबाइल फोन आयात भएको छ । 

    ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल र ३ अर्ब ८१ करोड ७६ लाख रुपैयाँबराबरको कच्चा सोयाविन तेल आयात भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend