images

२०८३ आश्विन २१ गते

images
images
images

काँचो नरिवलभित्र कहाँबाट आउँछ पानी ?

काँचो नरिवलभित्र कहाँबाट आउँछ पानी ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । नरिवलको पानी स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । हरेक बिहान नरिवलको पानी पिउँदा तपाईंको स्वास्थ्य अवस्था राम्रो हुन्छ । नरिवलको पानीको यति फाइदा हुन्छ कि डाक्टरले यसलाई हरेक रोगमा पिउनको लागि सुझाव दिन्छन् ।

    images
    images

    तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो नरिवलमा जुन पानी हुन्छ, त्यो कहाँबाट आउँछ ? सायद तपाईंले यसमा कहिल्यै ध्यान दिनुभएको छैन । यदि तपाईंलाई थाहा छैन भने, आउनुहोस् आज जानौँ आखिर नरिवलमा पानी कहाँबाट आउँछ ।

    विज्ञानकाअनुसार नरिवलमा जुन पानी भरिएको हुन्छ, त्यो उसको एन्डोस्पर्म हो । वास्तवमा नरिवलको रूखले आफ्ना जरामार्फत पानीलाई सङ्कलन गरी आफ्ना फलहरूमा पुर्‍याउँछ । यस प्रक्रियामा रूखका कोशिकाहरुले काम गर्छ । यी कोशिकाहरू नै रूखको पानीलाई तान्दै फलसम्म पुर्‍याउँछ ।

    images
    images

    फलमा जब पानी भरिन थाल्छ, तब यसमा रूखको एन्डोस्पर्म मिसिन्छ र यो पानी गाढा हुन्छ । जब नरिवल पाक्छ, तब यो पानी विस्तारै सुक्न थाल्छ र यो सेतो रङको ठोस पदार्थमा परिणत हुन्छ जुन खान योग्य हुन्छ ।

    तपाईंले देख्नुभएको होला कि नरिवलको रूखमा एउटै समयमा धेरै फलहरू लाग्छ । रूखको पानीलाई ती फलहरूमा सङ्कलन गर्नको लागि एकै पटक धेरै फलहरू लागेको हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend