रोम । इटलीको सर्वोच्च प्रशासनिक अदालतले आइरिस विमान सेवा प्रदायक कम्पनी रायन एयरमाथि लगाइएको ४२ लाख युरो (करिब ४९ लाख ३० हजार अमेरिकी डलर) जरिवाना खारेज गरेको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीको प्रतिस्पर्धा हेर्ने नियामक निकायले कोभिड–१९ महामारीका बेला उडानद्द गरेको विषयमा रायन एयरलाई उक्त जरिवाना लगाएको थियो ।
रायन एयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओलियरीले अदालतले नियामक निकाय एजीसीएमले अन्य एयरलाइन्सको तुलनामा रायन एयरमाथि फरक मापदण्ड लागू गरेको ठहर गरेको बताएका छन् ।ओलियरीले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई नियामक निकायमा तत्काल सुधार गर्न आग्रह गरेका छन् । उनले डिसेम्बरमा एजीसीएमले लगाएको अर्को २५६ मिलियन युरो जरिवानाविरुद्ध पनि रायन एयरले अपिल गरिरहेको जानकारी दिए ।




.gif)



