images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमासमा नाफासँगै घट्यो हिमालयन बैंकको...

पहिलो त्रैमासमा नाफासँगै घट्यो हिमालयन बैंकको प्रतिशेयर आम्दानी पनि !

पहिलो त्रैमासमा नाफासँगै घट्यो हिमालयन बैंकको प्रतिशेयर आम्दानी पनि !

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३१.२२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक थियो।

    images
    images

    चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार घटेर २० अर्ब ७४ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा २२ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १३.४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस १९.५१ रुपैयाँ थियो। पीई रेसियो २०.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७९.६८ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend