images

२०८३ कार्तिक ४ गते

images
images
images

सामान्य बढ्यो प्रभु बैंकको नाफा, अन्य सूचक कस्तो ?

सामान्य बढ्यो प्रभु बैंकको नाफा, अन्य सूचक कस्तो ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४ करोड ४ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    images
    images

    बैंकको सञ्चालन मुनाफा ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने बढेर २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५७ रुपैयाँ थियो। पीई रेसियो १४.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend