काठमाडौँ, ३० वैशाख । यती एयरलाइन्स ले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेड लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगाना ले हस्ताक्षर गरेका छन् ।
आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक मानिन्छ । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको जनाएको छ ।




.gif)





