काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा अर्थात तीन महिना (साउन, भदौँ र असाज) सम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.४० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको सञ्चालन मुनाफा ४५.५७ प्रतिशतले बढेर २५ करोड ६७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १८ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ५१ करोड ८७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ४९ करोड ९ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १ अर्ब ६९ करोड ३२ लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो। बैंकको रिटेन्ड अर्निङमा २० करोड ९८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ५९ लाख रुपैयाँ थियो। अघिल्लो वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ३.१२ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर २३.९१ रुपैयाँ पुगेको छ।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १९.९४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.५७ रुपैयाँ थियो। पीई रेसियो २३.७४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.२१ रुपैयाँ रहेको छ।




.gif)





