images

२०८३ आश्विन १७ गते

images
images
images

पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागु गर्ने, आयोजना पुरा नभएसम्म प्रमुख नफेरिने

पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागु गर्ने, आयोजना पुरा नभएसम्म प्रमुख नफेरिने

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । सरकारले पूर्वाधार विकासको क्षेत्रमा नयाँ वित्तपोषण मोडेल कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागु गर्ने घोषणा सरकारले गरेको हो ।

    images
    images

    वैदेशिक सहायता, ऋण र निजी क्षेत्रको लगानीलाई अब उच्च प्रतिफल दिने सुनिश्चित भएका आयोजनाहरूमा मात्र केन्द्रित गर्ने घोषणा सरकारको छ ।यसैगरी रूपान्तरणकारी आयोजनाहरूको स्पष्ट लक्ष्य र निश्चित बजेट सर कडा समयसिमा तोक्न घोषणा गरिएको छ ।सरकारले आयोजना प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्ने, डिजिटल प्रगति ट्याकिङ जग्गा प्राप्ति र वनसम्बन्धी अवरोधहरू समाधान गर्दै आयोजना पूर्ण रूपमा सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर वा सरुवा नगर्ने सुनिश्चितता गर्ने घोषणा पनि सरकारको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend