images

२०८३ आश्विन १७ गते

images
images
images

पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • वीरगञ्ज (पर्सा), २९ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । 

    images
    images

    सो खण्डमा सवारीसाधन अत्यधिकमात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो ।

    पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावरमैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गरे ।

    images
    images

    “सवारीसाधनको ठक्करले राजमार्गमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको छ”, उन्ले भन्े, “निकुञ्जको कोरएरिया पर्ने आठ किलोमिटरमा ओभरपास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो ।” 

    अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । 

    पथलैया–अमलेखगञ्ज सडकखण्डमा सवारी दुर्घटनामा परेर दुई वटा जरायो, पाँच वटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिए। प्राकृतिक कारणले अन्य तीन वटा जनावरको मृत्यु भएको छ । 

    सूचना अधिकारी भगतले सवारी दुर्घटनाबाट वन्यजन्तु जोगाउनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले सवारी चालकलाई थप ट्राफिक सचेतना उपलब्ध गराउन सरोकार भएका सबैले समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।

    सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले सडक विस्तार गर्दा निकुञ्ज क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्नेलगायत सुझाव आएकाले सडक विभागमा पठाइएको जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend