images

२०८३ आश्विन १७ गते

images
images
images

कलैयाका सात पसलमा छड्के अनुगमन

कलैयाका सात पसलमा छड्के अनुगमन

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बारा, २९ वैशाख । बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलको अनुगमन गरेको हो ।

    images
    images

    अनुगमनका क्रममा कलैया उपमहानगरपालिका–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरीमा गुणस्तरहीन मम, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्यसूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम रु ५० हजार  जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन । 

    त्यसैगरी, कलैया–५ स्थित केसर स्वीट्समा म्याद गुज्रिएको आइसक्रिम र मम फेला परेपछि रु २० हजार  जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा कलैया(४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोरमा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त तेल पसल अगाडि नै नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले उल्लेख गरेका छन । 

    images
    images

    कलैया–४ बरियारपुर रोडस्थित नेपाल डेरी उद्योग, एक मासु पसल र अदालत रोडस्थित सत्या होटललाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ । 

    दुर्गा खाजा घरमा काटा (नापतौल)सम्बन्धी अनुमतिपत्र नभएको पाइएपछि नापतौल कार्यालय वीरगञ्जमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । नवल सेकुवामा मूल्यसूची नराखिएको पाइएपछि चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।

    उक्त अनुगमन टोलीमा सहायक प्रजिअ भट्टराई सहित घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्र झा, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दीपेन्द्रप्रसाद यादव, प्रशासन शाखाका रत्न स्याङ्तान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधिका जगत चौधरी, गुणस्तर कार्यालयका जोखन चौहान, उपभोक्ता अधिकार मञ्चका अरुण खनाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि शिवशङ्कर साह तथा सञ्चारकर्मीको सहभागिता थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend