images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमाससम्ममा नेपाल एसबिआई बैंकले कमायो...

पहिलो त्रैमाससम्ममा नेपाल एसबिआई बैंकले कमायो ८१ करोड ४६ लाख रुपैयाँ नाफा, प्रतिशेयर आम्दानी कति ?

पहिलो त्रैमाससम्ममा नेपाल एसबिआई बैंकले कमायो ८१ करोड ४६ लाख रुपैयाँ नाफा, प्रतिशेयर आम्दानी कति ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    images
    images

    बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। साथै, पहिलो त्रैमाससम्ममा बैंकका सूचांकहरु बढेका छन् ।

    सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ।

    यस अवधिसम्म आइपुग्दा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा कायम छ । बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा पुगेको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँ छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend