images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले कमायो...

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले कमायो १ अर्ब ५१ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले कमायो १ अर्ब ५१ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार तीन महिनाको अवधीमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ। 

    कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९.४० प्रतिशत बढेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

    असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।

    ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.२३ प्रतिशत र कर्जा तथा सापटी ७.५५ प्रतिशत बढेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। 

    असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend